Tuesday, October 27For your kind information
Shadow

शिशिरलाई भेटेपछी डाँको छोडेर रोए बिनोद: जेलबाट मुक्त गराइदिने शिशिरजस्ता मान्छेलाई सलाम भिडियो हेरेर सियर गरौँ

कतारको जेलमा बिगत ३४ महिनादेखि जीवन बिताईरहेका बिनोद रानाभाट नेपाल फर्केका छन् । तिन वर्षको जेल जीवन सकिन दुई महिना बाँकी छदै बिनोदले सोमबार मध्यान्ह १२ बजे नेपालको भुमिमा टेकेका हुन् । उनलाई एयरपोर्टमा लिन उनका बुवा र सामाजिक अभियन्ता अर्जुन भुषाल पुगेका थिए । त्यसपछि उनी सामाजिक अभियन्ता तथा कलाकार शिशिर भण्डारीलाई भेट्न बागबजार आए ।

शिशिरसँगको भेटमा बिनोदले कतारमा आफुले पाएको दुखको कथा सुनाए र अब शिशिरसँगै सामाजिक सेवामा लाग्ने बताए । शिशिरले बिनोदलाई खादा ओढाएर नेपालमा स्वागत गरेका थिए । बिनोदलाई भेट्दा उनको आँखाबाट खुशीको आँशु खसेको थियो । शिशिरले आफुले यो दिनको पर्खाई धेरै दिनदेखि गरेको बताउँदै बिनोदलाई अँगाले । यसरि नेपाली विदेशको जेलमा परेकामध्ये बिनोद एक हुन ।

अझै कति नेपाली आफ्नो आत्मसम्मान गुमाएर जेलमा बस्नु परेको छ । शिशिर जस्ता मान्छे समाजमा आइरहे देशका नौजवान नेपाल फर्किरहनेछन । अनि नेपालमै केही गर्छु भन्ने भावनाका साथ आफ्नो काम गर्नेछन । विदेशको पीडा देखेर नेपाल बाट जाँदै गरेका युवाको बुद्धि आवोस । जय नेपाल । बिनोदको र शिशिरको यो भेटको भिडियो पुरै हेर्नुहोस ।