Sunday, October 25For your kind information
Shadow

गायक राजेश पायल राइको घरमा आगोलागी, घर दनदनी बल्दा केही गर्न सकेनन: पुरै भिडियो

नेपालका प्रख्यात गायक राजेश पायल राईको काठमाडौंको बानेश्वर स्थित घरमा आज आगलागी भएको छ । आगलागीबाट के कति आर्थिक क्षति भयो भन्ने ठ्याक्कै थाहा भएको छैन । प्रहरीले घटनाको अनुसन्धान गर्दैछ । राजेश पायलको अमुल्य सामान भने जलेर नष्ट भएको छ । उनले आफ्नो गायन क्षेत्रवाट पाएको महत्वपूर्ण मायाको चिनो र सम्मान पत्रहरु सबै जलेर नष्ट भएको छ ।

आर्थिक रुपले मुल्याकंन नै गर्न नसकिने दर्शक र श्रोताको सम्मान सबै जलेर नष्ट भएका छन् । बाहिरिएको भिडियोमा राईको मुख्य कोठाका सबै सामान जलेर नष्ट भएको देखिन्छ । उनको कोठामा रहेका सामानहरु छताछुल्ल अवस्थामा देखिन्छ । उनले पाएका मायाको चिनो, सम्मान पत्रहरु खरानी भएका छन् । प्रहरीले मुचुल्का उठाइरहँदा राईको अवार्ड र प्रमाणपत्रहरु जलेर कालो भएका छन् ।

आगलागीवाट राईको घरमा सबैभन्दा बढी राईकै कोठामा भएको देख्न सकिन्छ अन्य कोठामा भने त्यती धेरै क्षती नभएको बताउँछन् । छिमेकीहरुले राईको कोठाको झ्यालको सिसा फुटाएर आगो नियन्त्रणमा लिएका थिए । आगलागी कसरी भयो भन्ने कुरा पनि खुलेको छैन ।