Saturday, October 24For your kind information
Shadow

कपिल शर्मा शोमा सुनिल ग्रोवर फेरि फिर्ता आउने दर्शकमा खुसी: हेर्नुहोस सुनिल ग्रोवरको ट्विट

भारतीय हास्य शो ‘द कपिल शर्मा शो’ अहिले पनि टीआरपीको शीर्षमा छ । तैपनि आम दर्शकलाई थाहा छ यो शोको सुनौलो समय त्यतिबेला थियो जब यो शोमा सुनिल ग्रोवर कहिले डाक्टर मशहुर गुलाटी त कहिले रिंकु भाभीको भूमिकामा थिए । सुनील शो छाडेर गएपछि दर्शकले उनलाई मिस गरिरहेका छन् । यतिबेला सुनील ग्रोवरको एउटा ट्वीटले सोसल मिडिया जगतमा ल्याइदिएको छ । सुनील कपिल शर्मा शोमा फर्किन लागेको इशारा मानिएको छ । सुनीलले यो ट्वीट शनिबार बेलुका गरेका थिए जो अझै चर्चामा छ ।

ट्वीटमा उनले लेखेका छन् ‘सबथोक पाइन्छ । केही पनि सधैंका लागि रहँदैन । त्यसैले सधैं अरुप्रति आभारी रहनुहोस् । यही मूल मन्त्र हो । खुब हाँस्नुस् । बाँकी मेरे हसबेंड मुझको’ सुनीलको यो ट्वीटमा धेरै फ्यानले कमेन्ट गरेका छन् । एक जनाले लेखेका छन् ‘मलाई लाग्छ यो इशारा हो कि उनी फर्किंदैछन् ।’ एक अन्य युजरले लेखे ‘सुनील ग्रोवर सर तपाइँका प्रस्तुतीलाई निकै मिस गर्छौं । ‘ऐसे कौन करता है भाइ’, ‘कैसा लगा मेरा मजाक’, ‘पियार नहीँ करते’ ।’ उनको ट्विटको फोटो तल हेर्नुहोस।