Friday, October 23For your kind information
Shadow

ज्ञानेन्द्र शाहिलाई रेखा थापाको कडा जवाफ: चर्चामा आउन थोरै लफडाले नपुग्ने बताइन

रेखा थापाले शनिवार नेपालगन्ज बिमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराई माथि आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता दावी गर्ने ज्ञानेन्द्र शाहीले गरेको ब्यवहार प्रति विरोध गरेकी छन् । थापाले विरोधको तरिका गलत भएको उल्लेख गरेकी छन् । फेसवुकमा स्टाटस लेख्दै थापाले शाहीको नाम नलेखिकन व्यंग्य गरेकी छन् । थापाले ज्ञानेन्द्र शाहीले चर्चा पाउन मात्र त्यस्तो कृयाकलाप गरेको टिप्पणी गरेकी छन् । स्टाटसमा कसैको नाम त उल्लेख गरेकी छैनन । तर, उनको स्टाटसवाट सोही घटनालाई संकेत गरेको बुझ्न मस्किल भने पर्दैन ।

उनले लेखेकी छन् यो के पाराको बिरोध हो ? बुझिएन । कि क्रान्ति गरे हुने कि बिधी भित्र सभ्य व्यबहार देखाये हुन्थ्यो । चर्चा पाउन, ध्यान तान्न अनि नेता बन्न जम्मा त्यति लफाडा काफी हुँदैन । कुरा देश चलाऊने गरिरहदा विश्वशनियताका थुप्रै सिद्दान्त र आचरण पनि हुनु पर्छ होला । अराजकता ठुलो नियतको भयो भने राजनीति हुन्छ, छुद्र भो भने आफ्नै औकात देखाउछ । उनले शाहीलाई छुद्र ब्यवहार प्रर्दशन गरेर औकात देखाएको टिप्पणी गरेकी छन् । ज्ञानेन्द्र शाहिलाई रेखा थापाको चटिलो प्रहार हजुरहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।