Thursday, October 29For your kind information
Shadow

घरबेटिलाई कुलमानको चेतावनी: तोकिएको भन्दा बढी बिजुलिको पैसा लिए उजुरी गर्न आग्रह

आफ्नो घर बहालमा लगाउने घरबेटीले भाडावालसँग चर्को दरमा विद्युत महसुल उठाउने गरेको पाइएको भन्दै नेपाल विद्युत प्राधिकरणद्वारा चिन्ता व्यक्त गरिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरेका छन। आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो भन्ने कुरा जनाएका थिए।

प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन पनि भनेर नियममा पनि नभएको बताए । उनले घर बहालमा बस्नेहरुलाई विजुलीको दर बारे जानकारी लिएर त्योभन्दा बढी नतिर्न आग्रह गरे । प्राधिकरणले खपतका आधारमा प्रति युनिट तीन रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल लिन्छ। तर, कतिपय घरबेटीहरुले भाडावालासँग २० रुपैयाँसम्म असुल्ने गरेको उजुरी आएको प्राधिकरणले जनाएको छ ।

घिसिङले भने, ‘यस्तो प्रवृत्तिले प्राधिकरणप्रति नै जनमानसमा गलत धारणा विकास हुन सक्ने भएकाले हामीले गम्भिरता पूर्वक लिएका छौं ।’ घरबेटिलाई उनले दिएको यस्तो चेतावनी ठिक कि बेठिक? प्रतिक्रिया दिन नभुल्नुहोला।