Wednesday, August 5For your kind information
Shadow

यी बार अनुसार लगनले काम गर्दा यति धेरै फाइदा हुने: पुरै पढ्नुहोस

आइतबारः– आइतबार राज्याभिषेक गर्ने , गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, गाइगोरु किन–बेच गर्ने , हवन गर्ने, मन्त्र–उपदेश गर्ने, औषधी निर्माण गर्ने, शास्त्र ,सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने, रातो बस्तुको कारोबारलगायत उपयुक्त मानिन्छ।

सोमबारः– त्यसैगरी सोमबारका दिन शास्त्रले यज्ञ गर्नु गराउनु उपयुक्त मान्दछ । गार्इ–भैसी, घोडा, फूल, घास, वृक्ष्य, मोति, चाँदी आदिको किनबेच गर्नु, स्त्रीको संगत गर्नु उपयुक्त मानिन्छ।

मंगलबारः– भेद गर्नु , अनैकतिक काम गर्न, शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्ताश्राव कार्य गर्नु शुभ मानिन्छ।

वुधबारः– यस बारमा चातुर्य, दक्षता, पुण्य आर्जन , अध्ययन गर्नु , शास्त्रसेवा गर्नु , शास्त्र चिन्तन गर्नु , चित्र लेखन गर्नु, वास्तु कला , नोकरी गर्नु, बादबिबाद गर्नु शुभ मानिन्छ ।

विहीबारः– धार्मिक कार्य गर्नु , नवग्रह पुजन गर्नु , यज्ञ गर्नु, अध्ययन गर्नु , मन्त्र जप तप गर्नु, नया कामको अध्ययन गर्नु, वस्त्र धारण गर्नु , यात्रा आरम्भ गर्नु जस्ता कार्य शुभ मानिन्छ।

शुक्रबारः– यस बारमा गायन, मणि, रत्न , हिरा , सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य , व्यापार , गाइ–वस्तु किनबेच गर्नु, द्रव्य भण्डारण गर्नु र संचय गर्नु तथा कृषि कार्य शुभ मानिन्छ।

शनिबारः– यसबारमा झुटो बोल्नु, ठगि गर्नु, कपट गर्नु , गृह–प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखाना खोल्नु , फलाम, तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ।