Friday, October 30For your kind information
Shadow

सोलुखुम्बुको आकशबाट यस्तो चिज बर्सन थालेपछी सबै चकित: पुरै पढ्नुहोस

उडिरहेको विमानबाट केही खसेपछि जनता डराएका छन् । सोलुखुम्बुको फेरामा उड्दै गरेको कैलास एअरको हेलिकोप्टरबाट सिरक लगायतका सामग्री खसेपछि स्थानीय डराएका हुन् । गत बिहिबार फाप्लुबाट स्याङ्गबोचेतर्फ कार्गो ढुवानी गर्दा उडिरहेको हेलिकोप्टरबाट सामान झरेको स्थानीयले बताए । माइक लिमा कल साइन भएको हेलिकोप्टरबाट सामान झरेपछि स्थानीयले असुरक्षा महसुस गरेको जनाएका छन् । उड्दै गरेको हेलिकोप्टरबाट बस्तीमा सामान खसेपछि जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण समेत गराईएको छ ।

कैलाश एअरका अधिकारीहरुले चाहिँ अञ्जानमा गल्ती भएको भन्दै अब सुधार्ने दाबी गरेका छन् ।कैलाश एअरको हेलिकोप्टरले केही समययता फाप्लु विमानस्थलदेखि स्याङ्गबोचे विमानस्थलसम्म कार्गो ढुवानी गर्दै आएको छ । त्यहाँ कार्गोका लागि लगिएको सामान नै हेलिकोप्टरबाट झरेको अनुमान गरिएको छ । हेलिकोप्टर कम्पनीले भने गल्ती भएको स्वीकार गरेपनि के झरेको थियो भन्ने पुष्टी गर्न सकेन ।