Saturday, October 31For your kind information
Shadow

बिरगंजमा एक छात्रामाथी एसिड प्रहार: समाजमा छोरिहरुलाई हुन पर्ने सुरक्षा खै? सक्दो सिएर गरौँ

२०७६ भाद्र २० गते शुक्रबार वीरगन्जमा एक छात्रा माथि एसिड प्रहार भएको छ । वीरगन्ज छाप्कैयाकी मुस्कान खातुनमाथि आज बिहान ६:३० दुई व्यक्तिले एसिड प्रहार गरेका हुन् विद्यालय जाने क्रममा वीरगन्ज वडा नम्बर ५ गणेशमान चौकमा स्कुल जाने क्रममा मुस्कानलाई करिब ६:३०बजे बिहान दुई युवकले एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ एसिड प्रहारबाट मुस्कान गम्भीर घाइते भएकी छिन, उनको उपचार वीरगन्ज स्थित नारायण अस्पतालमा भईरहेको छ । त्रिभुवन हनुमान मावीमामा कक्षा ९ मा अध्ययनरत मुस्कानको एसिड प्रहारबाट एक side को भाग पुरै जलेको छ । मुस्कानलाई एसिड प्रहार गर्ने स्थानीय गाउँकै १६ वर्षिय संसाद मिया र १७ वर्षिय माजिद आलम रहेको प्रहरीले जनाएको छ ।

युवक द्वयले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरी फरार भएका थिए फरारमध्ये एसिड प्रहार गर्ने मुख्य व्यक्ति संसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार मजिदको खोजी भैरहेको प्रहरीले जनाएको छ । बालिकाकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी हुन् । उनलाई थपउपचारको लागि काठमाडौं उपचार को निम्ति लगिएको आफन्तले जनाएको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । फेसबुक पोस्ट बाट लिईएको ।