Wednesday, October 21For your kind information
Shadow

किन पाँडे र जिग्रीले नखेल्ने भए भद्रगोल? पुरै पढ्नुहोस

केहि समय अगाडि बन्द भएको चर्चित हाँस्य टेलीशृङ्खला ‘भद्रगोल’ आजबाट फेरि प्रशारमा आउने भएको छ । शृङ्खला नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारसाथ प्रसारणमा आउन लागेको हो । यसअगाडि यो शृङ्खला निर्माण अभिनय गर्दै आएका कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीमले छोडेपछि यो श्रृखला नयाँ शैलीमा आउन लागेको हो । ‘भद्रगोल’का पाँडे, जिग्री, सागर लम्साल ‘बले’, हरिश निरौला ‘क्रक्रोज’, दिपक आचार्य ‘काकु’ लगायतले केही दिन अघि सामाजिक सञ्जाल मार्फत् एक लामो स्टाटस पोष्ट गर्दै आर्थिक समस्याको कारण ‘भद्रगोल’ बन्द भएको जानकारी गराएका थिए ।

करिब तीन बर्षदेखि नियमित प्रसारण हुदै आएको ‘भद्रगोल’ कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले नियमित निर्देशन गर्दै आएका थिए । यो शृङ्खलाको जिग्री, पाँडे, बले, क्रक्रोज पात्र दर्शक माझ निकै लोकप्रिय मानिन्छ । तर अब प्रसारण हुन लागेको ‘भद्रगोल’ नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्ले र अशोक धितालको निर्देशनमा आउन लागेको हो । असोक यस अगाडि पनि उक्त शृङ्खलामा बाहुन डनको चरित्र निर्बाह गर्दै आएका छन् । काफ्ले भने भद्रगोलमा मङ्गल थाडु बनेर देखिँदैछन्, भने अशोक धिलात बाहुन डन बनेर आउने भएका छन् । अब आउने शृङ्खलामा सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारको अभिनय रहनेछ ।

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ८ः३० बजे प्रसार हुँदै आएको यो शृङ्खला अहिले पनि सोही समयमा प्रसार हुने बताइएको छ । मिडिया हबकै प्रस्तुतिमा नयाँ शैली सहित आउन लागेको श्रृखला ‘भद्रगोल’मा अब जनताको जनजीवनसँग सरोकार र समस्यामा केन्द्रिय विषयबस्तुमा समेत निर्माण हुने निर्देशक ज्योती काफ्लेले बताए ।