Friday, October 30For your kind information
Shadow

सित्तैमा एउटा ल्वाङ पनि लिन्न भन्ने रबि लामिछानेको टोलिले एउटा थोत्रो कार पनि नछोडेको आरोप: रबि फेरि विवादमा

न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने वेलकम एडभरटाइजिङको ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता एवं पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरूत्साहनका अभियुक्त रवि लामिछानेले धरौटीमा छुटेको भोलिपल्ट चितवनको नारायणी नदीको किनारामा भएको शुभेच्छुक सभामा सम्बोधन गर्दै आफ्नो टिमले सित्तैमा ल्वाङ पनि नखाएको बताए । त्यसपछि उपस्थित भएका रविका समर्थकदेखि रमितेसम्मले पर्रर ताली पिटे । तर उनले त्यो झुट बोलेको हो भनेर ती उपस्थितहरूले भ्यउनै पाएनन् ।

हुनत प्रहरी हिरासतमै रहँदा उनले आफूलाइ पुग्नेमात्र झुट बोल्ने गरेको भन्ने भनाइ सामाजिक सञ्जालमा भाइरल बनेको थियो । लामिछानेले सिधाकुरा जनतासंग टिमले सित्तैमा ल्वाङ पनि नखाएको बताइरहँदा उनको टिमका महत्वपूर्ण सदस्य एवं कार्यक्रमका उत्पादक दीपक बोहोराले ९ महिनाअघि सित्तैमा कार नै पड्काएको खुलासा भएको छ ।