Saturday, October 24For your kind information
Shadow

अदालतमा रविले उल्टै दिए निवदन: हेर्नुहोस के लेखेर दिए रविले

कार्यक्रम प्रस्तोता रवि लामिछानेले गत भाद्र ९ गते चितवन जिल्ला अदालतले गरेको आदेश बदर गरि पाऊँ भनी आज उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन् । पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या दुरु’त्साहन प्रकरणमा चितवन जिल्ला अदालतले उनी सहित अर्का सञ्चारकर्मी युवराज कँडेललाई जनही ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको आदेशमा चित्त नबुझी लामिछाने सहितले हेटौंडामा आज निवेदन दर्ता गराएका हुन् ।

लामिछाने र कँडेलले भाद्र ९ गतेको चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनी निवेदन दर्ता गराएका छन् ।