Thursday, October 29For your kind information
Shadow

देशभरमा तीजको माहोल भएका बेला आफ्नै पत्निलाई खुर्पा हानेर हत्या गर्ने पति पक्राउ

देशभर तीजको माहोल भएका बेला श्रीमतीलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले मुसिकोटको गोगनपानीबाट एक जनालाई नियन्त्रणमा लिएको छ । आफ्नै २६ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-३ गोगनपानीका २८ वर्षीय नविन खड्कालाई सोमबारराति प्रहरीले पक्राउ गरेको हो  ।

खड्काले खुर्पा प्रहार गर्दा कमलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खड्कालाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्ता पतिलाई य सजाय हुनै पर्छ र सारा नेपाालीलाई सचेत पार्नै पर्छ।