Wednesday, October 21For your kind information
Shadow

प्रचण्डमाथी किन आक्रमण भइरहेको छ?: पुरै रहस्य हेर्नुहोस

सन् १९१७ नोभेम्वर १ मा रुसी कम्युनिष्ट पार्टीको नेतृत्वमा पहिलो समाजवादी सत्ता स्थापना भयो। क्रान्तिको विजयपछि लाखौं मजदुरहरुलाई सम्वोधन गर्दै क्रान्तिनायक लेनिनले भनेका थिए, ‘आफ्ना सोभियतहरुको वरिपरि एकजुट हुनुहोस्, सोभियतहरुलाई दरिलो तुल्याउनुहोस्। कसैलाई नपर्खिकन आफूले नै काम गर्न थाल्नुहोस्, कठोर क्रान्तिकारी सुव्यवस्था कायम गर्नुहोस्। जँड्याहाहरु, बदमासहरु, प्रतिक्रान्तिकारी युन्केरहरु, कोर्निलोभका समर्थकहरु इत्यादिको तर्फबाट हुने अराजकताको प्रयासलाई निर्ममतापूर्वक दमन गर्नुहोस्।’
मार्क्सवादी सिद्धान्तले भन्छ, ‘समाजमा वर्गहरुको अस्तित्व रहुञ्जेल वर्ग सङ्घर्ष जारी रहन्छ। सर्वहारा एवं श्रमजीवी वर्गले न्याय, समानता र स्वतन्त्रताको माग गर्दै क्रान्तिको सङ्खघोष गर्दछ, प्रतिक्रियावादी वर्गले आफ्नो सत्ताको रक्षार्थ दमनको अस्त्र उठाउँछ। यही वर्गसङ्घर्षले सामाजिक क्रान्तिको जन्म हुन्छ। पूँजीपति वर्गविरुद्धको कठोर सङ्घर्षका बलमा सर्वहारा एवं श्रमजीवी वर्गले सत्ताको बागडोर सम्हाल्छ।

तर, सत्ताको स्वाद चाखिसकेको प्रतिक्रियावादी वर्ग गुमेको सत्ता उल्टाउन आफ्नो अन्तिम प्राण रहेसम्म निरन्तर लागिरहन्छ। यही श्रृङ्खलालाई मार्क्सवादीहरुले क्रान्ति र प्रतिक्रान्तिबीचको अनवरत सङ्घर्षका रुपमा व्याख्या गर्दै आएका छन्। रुसमा सत्ता कब्जा गरेपछि लेनिनले पहिलो सम्वोधनमै भनेका थिए, ‘क्रान्ति त सर्वहारा वर्गले जित्यो। तर, पराजित शासक वर्ग चुप लागेर बस्दैन। शासक वर्गले आफ्नो सत्ताको तख्ता उल्टाउन जीवनभर प्रतिक्रान्तिको हतियार उठाइरहन्छ।’ लेनिनले प्रतिक्रान्तिको खतरा औल्याउँदै मजदुरहरुलाई सर्वहारा सत्ता रक्षार्थ पूँजीपति वर्गविरुद्ध कठोर हुन, सर्वहारा अधिनायकत्व दृढतापूर्वक लागू गर्न र सत्तालाई वर्गसत्ता रक्षाको साधनका रुपमा बुझ्न अपील गरेका थिए। सशस्त्र क्रान्ति र शान्तिपूर्ण सङ्घर्षको बलमा २५० वर्षदेखि सत्ताको हालिमुहाली गर्दै आएको सामन्ती तथा एकात्मक राजतन्त्रको अन्त्य गरियो। यो एक युगान्तकारी राजनीतिक परिघटना थियो।

तर, नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नितान्त मौलिक ढङ्गले भयो। यहाँ लुइस चौधौंको जस्तो राजाको टाउको काटिएन, विश्वका कैयौं देशहरुको जस्तै राजा निर्वासनमा गएनन् वा उनीमाथि जेलजीवनको कठोर सजाय तोकिएन। बरु, राजनीतिक दलहरुले उदारतापूर्वक सत्ताच्यूत भए पनि सम्मानित नागरिकका रुपमा व्यवहार गर्ने निर्णय गरे। परिस्थिति फेरिएको छ। गणतन्त्र स्थापनाको १२ वर्ष पुग्न लाग्दा एकथरि शक्तिहरुलाई पूर्वराजालाई निर्मल निवासबाट नारायणहिटी सार्ने प्रयत्न गर्दैछन्। यसका लागि विगत १२ वर्षमा राजनीतिक दलहरुले गरेका कमजोरी, राजनीतिक दलहरुले देखाएको राजनीतिक एवं संवैधानिक उदारतालाई सिरानी हाल्न खोजिएको छ। एकथरि शक्तिहरु २र४ महिनामै राजा ल्याउन सकिन्छ कि भन्ने खालले उत्साहित हुन थालेका छन्।

उनीहरुमा सत्ता सङ्घर्षमा क्रान्तिकारी वर्गले पनि अग्रगामी परिवर्तनका एजेण्डाको रक्षार्थ कठोर कदम चाल्न सक्छ भन्ने राजनीतिक सुझबुझ गुम्दै गएको देखिन्छ। जतिबेला राजनीति शान्तिपूर्ण संक्रमणको चरणमा हुन्छ, त्यतिबेला क्रान्तिकारी शक्तिहरु सुशुप्त र प्रतिक्रान्तिकारी शक्तिहरु उत्साहित भएर लाग्ने गर्दछन्। शान्तिपूर्ण संक्रमणको अवधि त्यस्तो अवधि हो, जसले क्रान्तिकारी वर्ग र शक्तिलाई पनि बेलाबखत भ्रममा पारिदिन्छ। त्यसको प्रत्यक्ष लाभ लिन प्रतिक्रियावादी वर्गले अन्तिमसम्म कोशिस गरिरहेको हुन्छ। पछिल्लो समय विभिन्न आवरणमा देखिएको अराजकता र परिवर्तनविरोधी गतिविधि पनि त्यसैको दृष्टान्त हो।