Wednesday, October 21For your kind information
Shadow

निर्दोष गाइहरुले न्याय पाउने कि नपाउने: गौहत्या विरुद्ध सुर्खेतमा आन्दोलन, प्रहरिद्वारा छानबिन सुरु

गौहत्या अन्त्यको मागगर्दै वीरेन्द्रनगरमा दबाबमुलक र्याली निकालिएको छ। वीरेन्द्रनगर नगरपालिका स्थित कटकुवा जंगलमा २३ वटा गाई मृत अवस्थामा भेटिएको घटनाको सत्यतथ्य छानबिन सहित दोषीलाई कार्बाहीको माग गर्दै बिरोध र्यालिसहित प्रदशर्न गरिएको हो। हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई यति ठूलो संख्यामा मृत भेटिनु दुखद, शंकास्पद र निन्दनीय कार्य भएको भन्दै इलेक्ट्रोनिकस बस्तुगत समिति सुर्खेतको आयोजनामा शनिबार बिहान विरोधसहितको र्याली निकालिएको थियो। स्थानीय मंगलगढीचोक देखि वीरेन्द्रन चोकसम्म र्याली निकालिएको हो।

र्यालिमा सामाजिक अभियान्ता, नागरिक समाजका अगुवा, तथा सरोकारवाला निकाएको सहभागीता थियो। उनीहरूले गौ हत्यामा संलग्न जोकोही भएनी कानुन बमोजिम कार्बाही गर्न प्रशासनसङ्ग माग गरेका छ्न। बिहीबार नेपालगञ्जबाट दैलेखतर्फ ८ वटा ट्रकमा लगिएको २ सय ९१ वटा गाईमध्ये सुर्खेतको कटकुवामा २३ वटा गाई मृत भेटिएका थिए भने केही घाइते अबस्थामा भेटिएका छ्न। यसैगरी सुर्खेतको सुब्बाकुनामा समेत ८ ओटा गाई मृत भेटिएको जनाईएको छ।

बाँकेको नेपालगञ्ज स्थित कान्जिहाउसमा रहेका छाडा पशुचौपायाहरुलाई सुर्खेत हुँदै दैलेखसम्म लैजाने क्रममा ती गाईहरु जंगलमा भीरबाट खसालिएको स्थानीयको भनाई छ। कान्जी हाउसबाट ती पशुचौपाय लैजान नेपालगन्ज उपमहानगरपालिकाले स्वीकृति दिएको थियो। तर नेपालगन्ज उपमहानगरपालिकाले ती पशुचौपाह कसलाई दिएको हो भन्नेबारे अझैसम्म खुलाएको छैन। पछिल्लो समय वैदिक सनातन हिन्दु धर्म माथिको श्रृङ्खला बद्द आक्रमण भैरहेको परिपेक्षमा यति धेरै गाईहरु मृत अबस्थामा भेटिनु गम्भीर विषय भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारबाहीको मागसहित सर्वत्र विरोध भएको छ।