Wednesday, October 21For your kind information
Shadow

मर्नु अगाडि यति धेरै कामहरु गरेका रहेछन शालिकराम पुडासैनीले: पुरै हेर्नुहोस उनले गरेका काम

पत्रकार शालिकराम पुडासैनी किन आत्महत्या गर्न चितवन नै पुगेका थिए भन्ने तथ्य अहिलेसम्म पनि खुलेको छैन। प्रहरी बयानमा माउन्टेन टेलिभिजनका क्यामेरामेन ओमबहादु भुजेलले शाकिलरामले चतिवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन्।

२० गते बिहान ८ बजेर १५ मिनेटमा शालिकराम गोंगबु बसपार्क पुगेको देखिन्छ। त्यति नै बेला उनले प्रेमिका अस्मिता र श्रीमती सम्झनलाई फोन गरेको प्रहरीले टेलिकमबाट लिएको कलडिटेलमा देखिन्छ। ९ बजेर ४५ मिनेटमा उनको मोबाइलले कलंकीको टावर टिपेको थियो। त्यसको ३ घण्टापछि भने मलेखु टावरमार्फत उनको मोबाइलले काम गरेको देखिन्छ। प्रहरीका अनुसार मलेखु पुगेपछि पनि उनले श्रीमती सम्झनालाई फोन गरेका थिए।

दिउसोको साढे ३ बजे उनी कंगारु होटलमा पुगेर कोठा नम्बर २०२ बुक गरेको पाइन्छ। लगत्तै उनी डोरी किन्न पोखरा बसपार्कस्थित ब्रदर्स पसल पुगे। उक्त पसलमा काम गर्नै योगेन्द्रबहादुर राजवंशीले शालिकरामले साढे ३ बजे आफ्नो पसलबाट डोरी किनेर लगेको समेत पुष्टि गरेका छन्। प्रहरीले प्राप्त गरेको सीसीटीभी फुटेजमा पनि शालिक राम डोरी किन्न पसलमा पुगेको पाइएको छ।

डोरी किनेर ३ बजेर ४५ मिनेटमा उनी होटलको कोठामा फर्किएका थिए। त्यसलगत्तै उनले भिडियो बनाएको देखिन्छ। अदालत र प्रहरी स्रोतबाट प्राप्त विभिन्न कागजात अध्ययन गर्दा शालिकराम आत्महत्या नै गर्न नारायणगढ पुगेका थिए। चितवन जानुपहिले पत्रकार शालिकराम मानसिक रूपमा समेत तनावग्रस्त रहेको पाइन्छ। आत्महत्या प्रकरणमा थुनामा परेकी रुकु भनिने अस्मिता कार्कीको साथीले समेत आफ्नो बयानमा चितवन जानुपूर्व शालिकरामले आफूलाई फोन गरेको बताएकी छन्।आत्महत्याको केही दिनपहिले शालिकरामले अस्मिताकी तिनै साथीलाई फोन गरी आफूले अस्मितालाई छाड्दै छु भनेका थिए।

आत्महत्याको दिन बिहान मिनेटमा शालिकरामले अस्मिताकी ती साथीलाई फोन गरेर दिउँसो १२:३० बजे भेट्न आउने कुरा बताए। अस्मिताकी साथीले आफ्नो प्रहरी बयानमा भनेकी छन्, ‘जरुरी काम छ, तर यो कुरा अस्मितालाई नभन्नू भनेका थिए, तर त्यसपछि उनले मलाई फोन गरेनन्।’

बयान क्रममा ती साथीले शालिकरामले आफू अविवाहित भनेर झुक्याएको विषयमा अस्मिताले चित्त दुखाएको कुरासमेत बताएकी छन्। अस्मिताले आफूसँगको कुराकानीमा शालिकरामले आफूलाई अझै पनि झूटो बोली दुःख दिइरहेको कुरा उनको बयानमा उल्लेख छ। यो खबर आजको साप्ताहिकमा छापिएको छ।