Wednesday, October 21For your kind information
Shadow

यस्तो भव्य स्वागत रविलाई बाहेक अरु कसैलाई हुन सक्दैन: हेर्नुहोस न्युज २४ को कार्यालमा रविलाई गरिएको स्वागत

सञ्चारकर्मी रवि लामिछानेले अब थप प्रतिबद्ध र गम्भीर बनेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ । उहाँले आफुहरुमाथि गम्भीर षडयन्त्र भएको दोहोर्याउँदै जनताप्रतिको धर्म र मर्मलाई अगाडि राखेर काम गर्दा आइपर्ने समस्याको सामना गर्न आफु जहिले पनि तयार रहेको बताउनुभयो ।

पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि बिहीबार बिहान कार्यस्थल न्यूज २४ टेलिभिजन फर्कँदै गर्दा सञ्चारकर्मी लामिछानेले मुलुक र जनताप्रति अझै प्रतिबद्ध र समर्पित बन्ने अठोट यो घटनाबाट पलाएको बताउनुभयो । न्यूज २४ टेलिभिजनको प्रांगणमा न्यूज २४ कर्मीहरुले गरेकाे स्वागत ग्रहण गर्दै सञ्चारकर्मी लामिछाने आफुहरु प.क्राउ परेपछि न्यूज २४ कर्मीहरुले देखाएको ऐक्यबद्धता र साथ अविष्मरणीय रहेको बताउनुभयो।

उहाँले आम जनताले गरेको विश्वासलाई धर्मराउन नदिने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा झनै जिम्मेवार बनेर अघि बढ्ने बताउनुभयो । उहाँले जनताप्रति सदैव समर्पित ‘सीधाकुरा जनतासंग’ कार्यक्रमका आगामी श्रृंखलाहरु पनि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सञ्चारकर्मी लामिछानेसंगै पक्राउ पर्नु भएका अर्का सञ्चारकर्मी युवराज कँडेलले विना दो,षको सजाय भोग्नु पर्दा मन विचलित बनेको चर्चा गर्दै केही दिन भय र त्रासमा गुजारेको स्मरण गर्नुभयो ।