Sunday, October 25For your kind information
Shadow

रवी फेरी परे संकटमा: किन हाले खेम भण्डारीले मुद्दा (पुरै भिडियो)

न्यूज २४ का पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका हुन ।

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन । पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन ।

स्मरण रहाेस सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता लामिछाने ११ दिनकाे प्रहरी अनुसन्धान पार गर्दै चितवन जिल्ला अदालतकाे आदेश अनुसार पुडासैनी प्रकरणमा ५ लाख धरौटी रकम बुझाएर छुटेका हुन । पुडासैनी प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु पर्ने सर्त सहित उनी हिरासत मुक्त भएसँगै राजनीतिमा आउने संकेत गरेका छन ।

https://youtu.be/DR0X6LQmcQE