Friday, October 30For your kind information
Shadow

“सरकारले जनता पैसा दिएर भाडामा किन्न पर्छ, तर रविका लागि जनता आँफै आए”: सुशिला कार्की (पुरै भिडियो)

पूर्व प्रधानन्यायधीस कार्कीले रवि लामिछाने राम्रै मानिस भएका कारण अन्यायमा पर्न नसक्ने बताएकी छन् । उनले न्यायलयले उनको वास्तविकता बुझेर न्याए दिने छ । रवि लामिछाने राम्रै मान्छे हुन् भन्ने कुरा हामी सबैलाई थाहा छ उनले भनिन्, हामीलाई पनि त्यस्तो गलत काम गरे होलान् भन्ने हामीलाई पनि लागेको छैन । त्यस्तो अभियानमा लागेका मानिस त्यस्तो गलत काम गरे होलान् भन्ने हामीलाई पनि लागेको छैन ।

उनले न्यायालयमा सबै मानिस गलत नभएको बताइन् । उनले न्यायालयप्रति मानिसको विश्वास गुम्दै गएको त्यसको कारण राजनीति भएको भन्दै गरिएको प्रश्नमा पूर्व प्रधानन्यायधीस कार्कीले सबै न्यायाधीस त्यस्तो नभएको बताइन् । उनले जिवनभर त्यो कुराले पोल्ने काम न्यायाधीसले नगर्ने बताइन् । एउटा युट्युव च्यानलमा दिएको अन्तरवार्तामा उनले राजनीतिक दलका नेताले भने न्यायलयलाई पनि प्रभाव पार्न भने खोज्ने गरेको उनको भनाई छ ।

उनले कसैमाथि मुद्दा चल्यो भन्दैमा त्यसलाई ठूलो रुपमा लिन नहुने बताइन् । मुद्दा चल्यो भन्दैमा उनी दोशी हुन् भन्न नसकिने उनको तर्क छ । उनले अधिवक्ता शम्भु थापाको अन्तरवार्ता हेरीसकेपछि रवि लामिछाने निर्दोष भएर छुट्ने कुरामा आफु विश्वस्त रहेको बताएकी थीइन ।

रविले पक्कै सफाई पाउने छन् , उनले भनिन् त्यस्तो अभियानमा लागेको मानिस एउटा मानिसको पछाडी त्यसरी लागे होलान् भन्ने मलाई विश्वास लागेको छैन । स्वतफुर्त रुपमा रविका समर्थक सडकमा आएका हुन् त्यसलाई दमन गर्न नहुने उनको भनाई छ ।

रविको समर्थनमा बोलेकी सुशीला कार्कीको भिडियो पुरै हेर्नुहोस।