Wednesday, October 21For your kind information
Shadow

रवि लामिछानेद्वारा आज पत्रकार सम्मेलन: सारा नेपालीलाई धन्यवाद दिए रविले ( पुरै विवरण)

संचारकर्मी रवि लामिछानेले मंगलबार बिहान पत्रकार सम्मेलन गरेका छन् । चितवनस्थित ग्लोबल होटलमा औपचारिक रुपमा कार्यक्रम गरी लामिछानेले हिरासतमा रहँदा आफूलाई थप उर्जा मिलेको र जनतासंग सिधा कार्यक्रम थप सशक्त बनाएर लैजाने बताएका छन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘म त्यो दिन स्टुडियो जान पाएको भए मैले प्रमाणित गर्थें । अब सम्मानित अदालतले मलाई यो मुद्दाबारे केही नबोल्न भनेको छ । यो मुद्दाको अन्तिम किनारा नलागेसम्म नबोल्नु भनेकाले मैले बोल्नुहुँदैन।’

सबै मिडियामा आफ्नो समाचार नआएको बारे बोल्दै रविले भने, ‘मैले यसबारे के भनौं सायद उहाँहरुलाई लागे होला यो समाचारको अर्थ छैन । तर जसजसले यसको महत्व छ भनेर लाग्नुभयो उहाँहरुप्रति आभारी छु ।’

उनले यो घटनालाई लिएर जति पनि पक्राउ परका छन् उनीहरुको तत्काल रिहाइका लागि माग गर्ने पनि बताएका छन्। उनले भने, ‘हिरासतमा बस्दा पनि त्यतिबेला आएका मुद्धाहरु सुनें आफूलाई त्यहाँ पनि दुःख लाग्यो । तर उहाँहरुले बाहिर भएका घटनाबारे सुनाउँदा आफ्नो छाती गौरबले फुलेको थियो ।’

उनले आफ्नो रिहाईका लागि गरिएका प्रयासका लागि सबैलाई धन्यवाद दिएका छन् । उनले सकेसम्म सबैलाई भेटेर नै धन्यबाद दिने योजना बनाए पनि सफल हुन नसकेको बताएका छन् ।