Wednesday, October 21For your kind information
Shadow

आजको राशिफल हेरेर मात्र काम सुरु गर्नुहोस: जय लक्ष्मी माता (सेएर गर्नुहोस)

मेष: गन्तब्य विहीन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाईसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

बृष: माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । पढाई लेखाईमा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताइरहनेछ ।

मिथुन: अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ ।

कर्कट: व्यावसायबाट आम्दानी गर्न लगानि बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि लामो दुरीको यात्रा हुने बिदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।

सिहं: भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । सरकारी सम्पति तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाईमा मन जानेछ ।

कन्या: नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउँनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा ईज्जत प्रतिष्ठामा कमी हुनेछ ।

तुला: साथीभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।

बृश्चिक: सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पूरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुदा आफ्नो काम थाति रहनेछ ।

धनु: चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् ।

मकर: मनोरञ्जनमा अल्मलिदा लक्ष्य प्राप्तीमा बिलम्ब हुनेछ । आफन्त तथा साथभाईहरुसँग बिवाद बढ्नेछ । सत्रुहरु लाग्नेछन् भने न्यायिक निर्णयहरु तपाईको विपक्षमा फैसला हुनेछन् । नाँफा मुलक व्यावसायमा खासै फाइदा नभए पनि सेवामूलक कामबाट नाम कमाउन सकिनेछ ।

कुम्भ: माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढीनै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्टमित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । साझपख पढाई लेखाईमा सुधार हुनेछ ।

मीन: स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाईबाट टाडिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ ।