Saturday, October 31For your kind information
Shadow

रवि लामिछानेले रिहापछी शालिकरामको हत्याका बारेमा कार्यक्रम चलाउन नपाउने: यस्तो छ कारण

जिल्ला अदालत चितवनको आदेशमा ५ लाख रुपैयाँको धरौटीमा रिहा भएका रवि लामिछानेले शालिकराम पुडासैनीका बारेमा कार्यक्रम भने चलाउन नपाउने भएका छन्।

न्यूज २४ टिभीमा ‘सिधा कुरा जनतासँग’का प्रवक्ता रवि लामिछानेले उनी पनि अभियुक्तका रुपमा जोडिएको शालिकराम पुडासैनीको हत्या प्रकरणमा भने कार्यक्रम चलाउन नपाउने चितवन जिल्ला अदालतले आदेश दिएको छ।

उनले अदालतको अनुमतिमा विदेशयात्राको अनुमति भने पाउनेछन। रवि ५ लाख, युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन्।

रवि स्वस्थ परिक्षण पछि आज राती रिहा हुदैँछन।