Saturday, October 31For your kind information
Shadow

प्रहरी र रवि लामिछाने समर्थकबिच डरलाग्दो झडप: पुरै विवरण, आयो यस्तो रहस्य

चितवनको भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ । जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि झडप भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थितिलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रु ग्यास प्रहार भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘निषेधित क्षेत्रमा बाहिरै रोकेर राखिएका ट्रक र मोटरसाइकलमा क्षति पुर्याएपछि प्रतिवाद गर्दा झडप भएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने पक्राउ परेदेखि नै उनका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुको प्रदर्शनलाई लक्षित गरी चितवन प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।

विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन भनिएको छ । निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको छ ।