Monday, October 26For your kind information
Shadow

न्युज २४ का संचालकलाई पनि मुद्दा हालियो: लहरो तान्दा पहरो गर्जियो

पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा जोडिएकी अस्मिता कार्कीको व्यक्तिगत कुराहरुलाई समेत मिडियाबाजी गरेर व्यक्तिगत गोपनियतामाथि प्रहार गरेको भन्दै उनका दाजु जगत कार्कीले न्यूज २४ टेलिभिजनविरुद्ध मुद्धा दायर गर्न लागेका छन् । रवी लामिछाने पक्राउ संगै व्यापार व्यबसायमा ठुलो असर परेका न्युज २४ का सन्चालक अनिल जोशीलाई यो संगै अर्को धक्का लाग्ने देखिन्छ।

भिडियोको आधारमा प्रहरीले पक्राउ गरेपनि पछि विभिन्न किसिमका ब्यक्तिगत मेसेजहरुलाई समेत सार्वजनिक गरेर बहिनीको चरित्र सखाप गरिएको भन्दै अस्मिताका दाई जगतले अदालती प्रकृयामा जाने बताएका हुन् ।

एक युट्युव च्यानलमा बोल्दै उनले न्युज २४ टेलिभिजनले कानुन मिचेर व्यक्तिगत स्वतन्त्रतामाथि खेलवाड गरेको आरोप लगाएका छन् । न्युज २४ कै पत्रकारहरुले अस्मिताका नितान्त व्यक्तिगत कुराहरुलाई सामाजिक संजालमा सार्वजनिक गरेका थिए । पत्रकार शालिकराम पुडासैनीले मृत्यु अघि रेकर्ड गराएका भिडियोमा अस्मिता कार्कीको नाम लिएपछि गत साउन २० गते उनलाई चितवन प्रहरीले पक्राउ गरेको थियो ।

पुडासैनी मृत्यु प्रकरणमा न्युज २४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ का प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की प्रहरी हिरासतमा छन्। उनीहरुको अनुसन्धानको क्रममा २ पटकसम्म म्याद थप गरि आइतबार थुनछेक बहस शुरु भएको छ । आइतबारपनि समय अपुग भएकाले भोली मात्र निर्णय लिनेगरी उनीहरुलाई हिरासतमा नै फर्काइएको छ ।