Tuesday, October 20For your kind information
Shadow

रबि थुनामा भएका बेला चितवनमा शक्तिशाली बम विस्फोट: शालिकरामको हत्याको बयान आज

पूर्वी चितवनको खैरहनी नगरपालिका २ सिमलघारीमा शक्तिशाली बम बिस्फोट भएको छ । कयर खोला किनारमा आइतबार साँझ बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । बिस्फोटबाट मानविय क्षति नभएको र भौतिक क्षतिको विवरण पनि प्राप्त नभएको प्रहरीको भनाई छ ।

विप्लब नेतृत्वको नेकपाले आज आब्हान गरेको चितवन बन्दको पूर्वसन्ध्यामा विस्फोट गराएको हुनसक्ने प्रहरी अनुमान छ । जिल्लाको राप्ती नगरपालिका ओहोलेवाङमा जनताको प्रत्यक्ष सहभागितामा बनिरहेकाे प्रतिक्षालय भत्काएर ओली सरकारका केही एजेन्ट र प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आगजनी गरेको भन्दै नेकपा चितवनले त्यसको बिरोधमा आज बन्द आह्वान गरेको हो ।

जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी र जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा २०७६/५/५ गते बन्चरा, आरा, गैती, घन र लाइटर बोकेका केही एजेन्ट र कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले ओमेदानमा पुगेर श्रमिक जनतालाई धम्क्याउने, जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्ने जस्ता कार्यको विरुद्धमा भदौ ६–७ गते प्रचार–प्रसार र मसाल जुलुस र ९ गते चितवन जिल्ला बन्दको घोषणा गर्दै पार्टीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमलाई सहयोग र समर्थन गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायी व्यापारी शिक्षक प्राध्यापक कर्मचारी मजदूर नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायलाई हार्दिक अनुरोधसमेत गरेका छन् ।यता जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दर्ता भएसँगै प्रशासनले अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । मुद्दा दर्ता भएपछि आइतवार नै अदालतले अस्मिता कार्कीको वयान लिएको थियो । वयानपछि आजै थुनछेक बहस हुनेछ ।