Friday, October 23For your kind information
Shadow

रवी लामिछानेको समर्थन मा नेपाली कलाकार: माग्ने बुडाको अहिले सम्मकै भावुक स्टाटस(फोटो)

हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि धुनामा रहेका रवि लामिछानेको समर्थनमा खुलेरै साथ दिने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै माग्ने बुढाले आफू सत्यको पक्षमा रहेको र रवि लामिछानेलाई खुलेर साथ दिने बताएका हुन् । उनले फेसबुक स्टेटसमा लेखेका छन्, ‘आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्झाइरहने अवस्था देखिएकोले रवि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो ।

सालिक राम पुडासैनी परिवार पनि न्याय पाउनुपर्छ, मातृभूति, आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्नुपर्दछ । गाली र गाली दुवै स्वीकार्य छ । कसैको नून खाएको छैन। रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेको फेसबुक मार्फत लेखिएको स्टाटसमा भनिएको छ सम्भवत: सम्माननीय अदालतले मलाई प्रारम्भिक न्याय दिनेछ ।

यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा मन देखि आभार ब्यक्त गर्दछु ।