Monday, October 26For your kind information
Shadow

रबि अब छुट्न नपाउने: यस्तो छ कारण आज पनि छुटेनन

संचारकर्मी रवि लामिछानेको बयान आज हुन नसकेपछि भोली लिइने भएको छ । बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएका पत्रकार युवराज कँडेल, अस्मिता भनिने (रुकु) कार्की र संचारकर्मी लामिछानेलाई बयान लिने समय सकिएपछि लामिछाने र पत्रकार युवराज कँडेल आज पनि चितवन प्रहरीको हिरासतमै रहने बताइएको छ ।

उनीहरु तीनैजनाविरुद्ध चितवन प्रहरीले आज सरकारी वकिलको कार्यालयमार्फत् आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरेको थियो । आजको बयानमा रुकुको बयान सकिएपनि लामिछाने र कँडेलको बयान लिन नभ्याइएकोले भोली लिइने बताइएको छ।

स्मरण रहोस्, माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार साउन २१ गते चितवनको नारायणगढथित बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गर्नुपूर्व गरिएको भिडियो रेर्कडमा लामिछाने, कँडेल र कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको बताएका थिए ।