Tuesday, October 27For your kind information
Shadow

“रविले १० लाख मागे युवराजलाई साडे ३ लाख बुझाएँ”: यी युवाको भनाइ पुरै भिडियोमा

भरतपुरका तिलक गैरेले पाँच सात महिनाअघि आफूले सिधा कुरा जनतासगँको कार्यालयमै पुगेर युवराज कँडेललाई साढे ३ लाख रुपैयाँ दिएको बताएका छन् ।

गैरेका अनुसार उनका बाबु लक्ष्मण गैरेलाई उनकै घरमा डेरामा बस्न आएकी अन्दाजी ३५ वर्षकी यमी न्यौपानले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा पुर्याइन् । यमी गैरेको घरमा डेरामा बस्न आएको ५-६ दिनमात्रै भएको थियो । यमीको यस्तो आरोपपछि उनले जनतासँग सीधा कुराको टोली बोलाइन् । लक्ष्मण प्रहरी हिरासतमा थिए ।

तिलकको दावीअनुसार यमी आफैले आफ्नो ब्यागमा पाँच लाख रुपैयाँ राखिन् । अनि बलात्कार मिलाउन लक्ष्मणले पाँच लाख रुपैयाँ दिएको बताइन् । कार्यक्रममा रविका बारेमा यस्तो प्रचार भएपछि अदालतले उनलाई पुर्पक्षका लागि जेल पठायो । दिउँसो घरभरी मान्छे भएको बेला ६० वर्षका लक्ष्मण गैरेले बलात्कार गरेको कुरा छरछिमेकी कसैले पत्याएनन् ।

लक्ष्मणलाई त्यो मितिसम्म कसैले व्यभिचारको बात लगाउन सकेको थिएन। सीधा कुरामा यमीको मात्रै कुरा राखेर लक्ष्मणलाई बलात्कारी घोषणा गरियो । र पैसा दिएर बलात्कारको मुद्दा मिलाउन खोज्ने ? भन्दै रविले लक्ष्मणको हुर्मत काढे। चर्चित कार्यक्रममा रविका बारेमा यस्तो प्रचार भएपछि अदालतले उनलाई पुर्पक्षका लागि जेल पठायो । दिउँसो घरभरी मान्छे भएको बेला ६० वर्षका लक्ष्मण गैरेले बलात्कार गरेको कुरा छरछिमेकी कसैले पत्याएनन् ।

लक्ष्मणलाई त्यो मितिसम्म कसैले व्यभिचारको बात लगाउन सकेको थिएन  समाजमा उनी माछामासु समेत नखाने सरल प्रकृतिका मान्छे थिए । रविसँग तिलकले यो कहानी भनेर आफ्नो बाबुको विरुद्धमा सीधा कुरामा आएको रिपोर्ट सत्य नभएकोले हटाइ दिन आग्रह गरे । रविले त्यसका लागि आफूहरु विभिन्न जिल्ला पुगेर अनुसन्धान गर्नुपर्ने भएकोले १० लाख रुपैयाँ लाग्छ भन्ने जवाफ दिए । बाबु जेल पुगेपछि तिलक रवि दादा भन्दै सीधा कुराको कार्यालय पुगे ।

उनले आफ्नो बाबुमाथि अन्याय भएको भन्दै न्यायका लागि याचना गरे । उनी आफैं पनि रवि लामिछानेको ठूलो फ्यान थिए । उनले रवि लामिछानेलाई यमी न्यौपानेका बारेमा साँचोसत्य उल्लेख गरिदिन आग्रह गरे । तिलकको दावीअनुसार यमीले लक्ष्मण गैरेभन्दा अगाडि अरु ५ जनालाई बलात्कारकै आरोपमा मुद्दा भिराइसकेकी छन् । यमीले स्काभेटर चालक, प्रहरी हवल्दार, झाँक्रीसहितविरुद्ध बलात्कारको मुद्दा लगाएकी छिन् ।

उनले बलात्कार भनेर जाहेरी दिएर मुद्दा मामिला खेपेका विष्णु आचार्यलाई भने अदालतले सफाई दिइसकेको छ । तिलकको भनाइअनुसार कसैलाई बलात्कारी बनाएर पैसा असुल्ने यमीको पेशा नै हो । किनभने एउटै महिलालाई छ–छ जनाले किन र कसरी बलात्कार गर्छन् ? उसँग रकम थिएन । रविले युवराज कँडेलसँग कुराकानी गर्नु भने युवराज कँडेललाई साढे ३ लाख रुपैयाँ उनकै कार्यालयमा लगेर दिए । युवराजले भिडियो हटाइदिने बताएका थिए ।

पुरै भिडियो हेर्नुहोस।