Monday, October 26For your kind information
Shadow

प्रहरी हिरासतमा रवि लामिछाने यस्तो अवस्थामा छन: हेर्नुहोस भिडियो

नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले चितवन प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई केही दिन अघि भेटेका थिए । जिल्ला प्रहरी कार्यालय चितवन पुगेर काफ्लेले रविलाई भेटेका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनको अनुसन्धानका लागि रविसहित युवराज कँडेल र अस्मिता कार्की प्रहरीको न्यायिक हिरासतमा रहेका छन् ।

गएको आइतबारदेखि न्यायिक हिरासतमा रहेका रविलाई अदालत लैजानु अघि नेता काफ्लेले उनलाई भेटेका थिए । रविले आफू प्रहरीको अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको रविको भनाइ उद्धृत गर्दै नेता काफ्लेले हामिलाई बताए ।

रवि लामिछानेको अवस्था अहिले राम्रो रहेको र उहाले आफु अनुसन्धान मा सधै सघाउने अडिगमा रहेको कुरा काफ्लेले उल्लेख गरे । रविलाइ राजनीतिक रंग लगाउन आफु नगएको पनि बताएका छन् काफ्लेले ।

कुन्दन काफ्लेका अनुसार यदि नेपाली कांग्रेसको सरकार भएको भए यो केस केही दिन मै समाधान हुनेथियो भन्दै ठोकुवा पनि गरेका छन् । आफूसहित तीनजना प्रहरीको अनुसन्धान दायरामा परेकोलगायतका विषयमा के के भने रविले?  

भिडियो हेर्नुहोस।