Friday, October 23For your kind information
Shadow

रविकी पत्नी निकिताले एसपी मल्ल र किशोर श्रेष्ठ सहित ३ जनालाई मुद्दा हालिन: को को परे त 

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम सन्चालक रवि लामिछानेकि पत्नि निकिता पौडेलले प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।

बुधबार मध्यन्न महानगरीय प्रहरी परिसर टेकु पुगेर पौडेलले प्रेश काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ, चितवनका प्रहरी प्रमुख (एसपी) दानमहादुर मल्ल र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिएकी हुन्। कानुन व्यवसायीसहित परिसर पुगेकी पौडेलले तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार, कारबही गर्न माग गरेकी छन्।

साउन २० गते चितवनको होटल कंगारुमा आत्महत्या गरेका पुडासैनीले आत्महत्या अगाडि छाडेको भिडयोमा रविले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन्। त्यही आधारमा प्रहरीले रविसहित तीन जनालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।