Tuesday, October 27For your kind information
Shadow

रविलाई अझै ५ दिन थुनामा राख्न चितवन जिल्ला अदालतको आदेश

चितवन जिल्ला अदालतले रवि लामिछाने र बाँकि ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।

लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।