Friday, October 23For your kind information
Shadow

फिल्म ‘हजार जुनि सम्म’ मा नायक आर्यन सिग्देलले सबैको मन यसरी जिते 

चलचित्र ‘हजार जुनी सम्म’ले बक्स अफिसमा सुखद कमाई त गरेन । तर, यो चलचित्रमा पाको पुरुषको भूमिकामा देखिएका नायक आर्यन सिग्देलले भने चलचित्रलाई नै धानेका छन् । चलचित्रको सुरुवातदेखि अन्तिमसम्म आर्यन मात्रै छाएका छन्।

आफ्नो प्रेमिकाका लागि १४ बर्षसम्म जीवन बिताइदिने एक प्रेमीको भूमिकामा आर्यनलाई देखाइएको छ । विकासराज आचार्य निर्देशित यो चलचित्रले विशेषगरि, दर्शकको मन छुन्छ। सामिप्यराज तिमिल्सिना र विकासले मिलेर चलचित्र खिचेका हुन् ।

नायक आर्यन सिग्देल रोमान्टिक जनराका चलचित्रमा बढी फिट देखिएका छन् । उनले, अभिनय गरेका प्रेमकथाका चलचित्रमा नै उनी बढी फिट छन् । ‘हजार जुनी सम्म’मा सेतो दाह्री र कपाल बनाएपनि आर्यनले रोमान्सको गती भने छाडेका छैनन् ।