Friday, October 30For your kind information
Shadow

पूर्व युवराज पारशले बिमानस्थलमा प्रहरिमाथी हात उठाएपछी भयो यस्तो बबाल

पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षकलाई दुव्र्यवहार गरेका हुन् ।

ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे महानगरीय प्रहरी आयुक्तको कार्याल्य रानीपोखरीले समेत जानकारी राखेको छ ।

थाइल्याण्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए। आफ्ना छोरा र भान्जालाई दुव्र्यवहार गरेको भन्दै उनले प्र्रहरीलाई दुव्र्यवहार गरेका थिए । यो समाचार आजको नागरिक दैनिकबाट निकालिएको हो।