Wednesday, October 21For your kind information
Shadow

रवी लामिछानेका पक्ष्यमा उभियो कांग्रेस्: देउवाले रविलाई पठाए यस्तो चिठी

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनको छानबिनका लागि न्यूज २४ टेलिभिजनका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल र नर्स अस्मिता कार्की न्यायिक हिरासतमा रहेका छन् । गएको बिहीबार उनीहरुलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएसँगै देशविदेशमा उनको पक्ष र विपक्षमा विचार र वहस भइरहेको छ । तर, यही बेला प्रमुख तर, यही बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने रवि लामिछानेको पक्षमा उभिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग रहेको भन्दै पत्र पठाएको विषयले चर्चा पाएको छ ।

कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुमार्फत सभापति देउवाले पत्र पठाएको चर्चा चलेको हो । सभापति देउवाले लामिछानेको नाममा पत्र नै पठाएको स्रोतको दाबी छ । सो पत्रमा लामिछानेलाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको उल्लेख गरिएको छ । रवि न्यायिक हिरासतमा रहेको स्थान जिल्ला प्रहरी कार्यालय चितवन पुगेर शनिबार नेता बडुले रविलाई भेटेका थिए । रविलाई भेटेर बाहिर निस्कँदा नेता बडुले पूर्वाग्रह नराखी घटनाको छानबिन हुनु पर्नेमा जोड दिएका थिए ।