Wednesday, October 21For your kind information
Shadow

चितवन प्रशासनको कडा चेतावनी: रविको समर्थनमा होहल्ला गरेमा कारवाहि

चितवन भाद्र ०१: चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुसन्धानलाई प्रभावित हुने गरी प्रहरी कार्यालय र अदालत अगाडि होहल्ला गर्ने सबैलाई नियन्त्रणमा लिने बताएका छन् ।दिनदिनै प्रहरी कार्यालय अगाडि प्रदर्शन हुन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी पन्तले आजदेखी होहल्ला गर्ने जोकोहीलाई नियन्त्रणमा लिने बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी पन्तले दुई दिने केही खुकुलो पारे पनि आजदेखी सुरक्षामा कडाइ गरिने बताए । सहायक प्रजिअ पन्तले भने–‘दुई दिनसम्म घटना बुझ्छन् भनेर केही खुकुलो पारेका थियौं, आजदेखी पुरा कडाई गछौं । उनले जिल्लालाई अशान्त बनाउनेलाई नछोडिने बताए ।

उनले भने–आजदेखी होहल्ला गर्ने जो कोही होउन, सबैलाई नियन्त्रणमा लिएर कारवाही गछौँ । उनले शान्तिपूर्ण आन्दोलनलाई सामान्य रुपमा लिने जथाभावी नाराबाजी गर्नेलाई नियन्त्रणमा लिइने बताए।

पत्र कार शालिकराम पुडासैनीको आत्महत्याको बारेमा अनुसन्धान गर्न चितवन प्रहरीले न्यू २४ टिभीका ‘सिधाकुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई बिहीबार राती पक्राउ गरेको थियो । शुक्रबार लामिछाने, कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको थियो ।