Saturday, October 24For your kind information
Shadow

सबैलाई हात हल्लाउँदै अदालत पुगे रवि, हत्कडी पनि लगाइएन: यो सम्मानको पुरै भिडियो हेर्नुहोस

चितवन: पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट रविसहित उनका सहकर्मी युवराज कँडेल पक्राउ परेका थिए । लामिछाने र कँडेलसहित यो प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गी नर्स अस्मिता कार्कीलाई बिहीबार साँझ नै प्रहरीले चितवन लगेको थियो । उनीहरुलाई चितवनमा पु¥याउँदा रातिको १ बजेको थियाे । दिउसो लग्दा उनका समर्थकहरुले अवरोध पु¥याउन सक्ने भन्दै प्रहरीले उनलाई राति राति चितवन पु¥याएको बताइएको छ । राति चितवन पुर्याइएका लामिछानेलाई आजै चितवन जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा उपस्थित गराएको हाे ।

सकियो प्रारम्भिक थुनछेको बहस
जिल्ला अदालतमा रविलाई थुन्ने वा नथुन्ने भन्ने विषयमा बहस भएको थियो । रविसहित तीन जनाका पक्षमा नेपाल बार एशोसियसनका पूर्व महासचिव सुनिल पोखरेलसहित तीन जना कानुन व्यवसायीले बहस गरेका थिए । त्यसैगरी उनको विपक्ष तथा मुद्दाको वादी पक्षबाट सरकारी वकिलले बहस गरेका थिए ।

सो बहसमा सरकारी वकिलले रविसहित तीनै जनालाई कम्तिमा १० दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट बहस सुनेपछि चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले प्रहरीलाई अनुसन्धान गर्नका लागि पाँच दिनको म्याद थप गरेको छ ।

थप भिडियो हेर्नुहोस।

https://youtu.be/NpgRuVoqzFo