Saturday, October 31For your kind information
Shadow

आज गाइजात्रा, उत्तम कोदेबाट नेतालाई यस्तो व्यङ्ग्य: पेट मिचिमिची हँसाउने भिडियो हेर्नुहोस


आज २०७६/०४/३१; भदौ कृष्ण प्रतिपदा अर्थात गाइजात्रा। काठमाडौँ लगायत देशैभर एक चाडका रूपका मनाइने गरिएको यस पर्वमा विभिन्न हाँस्य कलाकारहरुले आफ्नो आफ्नो कलाकारिता पर्दर्शन गर्ने गरेका छन।

यो दिन भनेको नै हाँस्य व्यङ्ग्यको दिन हो। यस दिनमा कलाकारहरुले देशको वर्तमान स्थिती अथवा अन्य कुराहरुमा केन्द्रीत भइ व्यङ्ग्यको तीखो बाण सम्बन्धित निकाएतर्फ छोड्छन। यो बाणले जति चोट दिएपनी आजको यस दिनमा कोहि पनि, चाहे ठुला ठुला नेता नै किन नहुन; रिसाउने चलन रहेको छैन।

यसै बिच आजको दिनमा नेपाली हाँस्य टेलि शृङ्खलाका जगतमा धेरै वर्ष आबद्ध रहनुभएका हाँस्य कलाकार ‘उत्तम कोदे’ ज्युले गाइजात्राको नयाँ भिडियो सार्वजनिक गर्नुभएको छ। पुरानो हिट टेलि श्रृङखला ‘जिरे खुर्सानी’ बाट आजको दिनको ‘कुरा मात्र भो’ सम्मको यात्रामा उहँले सारा नेपालिलाई हसाँउँदै आउनु भएको छ।

नेपाली ट्रेन्ड अनि नेपालका नेताका करतुतले गर्दा नै देश आज यस्तो हालतमा पुगेको हो। यहि कुरालाई उत्तम कोदे जि ले जस्ताको त्यस्तै भिडियो प्रस्तुत गर्नुभएको छ। भिडियो पूरा हेरेर प्रतीकृया दिनुहोला।

Like, Share, Comment र Subscribe गर्न नभुल्नुहोला।