Wednesday, October 21For your kind information
Shadow

भारत र चीनलाई उछिनेर नेपालको नाम राखे निमेशले: पूरा पढ्नुहोस

नेपाली धावक निमेश गुरुङले चीनमा हाफ म्याराथन र १० किलोमिटर क्रस कन्ट्री विधामा स्वर्ण पदक जितेका छन् ।चीनमा जारी विश्व पुलिफायर गेम्समा निमेशले आइतबार भएको १० किलोमिटर क्रस कन्ट्रीमा स्वर्ण पदक जितेका हुन् ।सिंगापुर गोर्खा पुलिसको नेतृत्व गर्दै उनले चीन र भारतलगायत ६० देशका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

भारतका रविन्द्र सिंह रौटेलाले रजत पदक जिते भने चीनका दाइजुङ फेङले कास्य पदक जिते ।त्यस्तै, उनले यही प्रतियोगिताको हाफ म्याराथनमा पनि स्वर्ण पदक जितेका छन् ।निमेशले निर्धारित दूरी एक घण्टा ९ मिनेट २६ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितेका हुन् ।

यो विधामा चीनका खेलाडी दोस्रो र रसियाका तेस्रो भए ।त्यस्तै, २९ वर्षभन्दा मुनि १० किलोमिटर क्रस कन्ट्री विधामा भने सुबास गुरुङले स्वर्ण पदक जितेका छन् ।निमेशले अब १० हजार मिटर विधामा एउटा खेल खेल्न बाँकी रहेको छ ।यो विधाको खेल अगष्ट १८ तारिखमा हुदैछ । यो विधामा पनि आफूले स्वर्ण पदक जित्ने लक्ष्य रहेको निमेशले बताएका छन् ।

सिंगापुर गोर्खा पुलिसमा आबद्ध रहेका निमेशले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउँदै स्वर्ण पदक जित्दै आएका छन् ।उनले गरेको योगदानको कदर गर्दै पुलिस स्पोर्ट्स एसोसिएसनले बेष्ट स्पोर्ट्सम्यान अफ दि इयरको अवार्ड समेत दिएको छ । गत वर्ष पनि उनले होम टिम स्पोर्ट्सम्यानको अवार्ड पाएका थिए ।