Tuesday, October 27For your kind information
Shadow

त्रिशूलीमा फेरि बस दुर्घटना : ३ को मृत्यु, १६ को उद्धार, २६ अझै बेपत्ता: नाम सहित

काठमान्डौं – सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीन जनाको मत्यु भएको छ भने १६ को उद्धार गरिएको छ । २६ जना अझै बेपत्ता छन् । बसलाई त्रिशूलीबाट निकालिएकाे छ । बसभित्र काेही पनि नभेटिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

मृतक मध्ये सर्लाहीकै अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ। एकजनाको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा समन्वय गरि पूरै यात्रुहरुको नामावली मगाएर पहिचान गरिएको जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले वताए। उद्धार गरिएका १६ जनाको पहिचान भएको छ।

उद्धार गरिएकामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन्। मलंगवा–९ स्थित रहेको सृष्टी बस काउण्टरमा अहिले बसमा सवार यात्रीका आफन्तको भीड लागेको छ।उद्धार गरिएका मध्ये बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल बेहोस छन् भने सहचालक प्रमोद चौधरी र कन्डक्टर ऋषि उप्रेतीलाई थप उपचारका लागी काठमाडौं पठाइएको छ। ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेकोहो। बसमा मलंगवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रम्हपुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतको लरकवाका रामबाबु यादवसहित तीन जना, भारत कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी र अमित लामाथिए।
बसलाई क्रेनले तानेर निकालिएकाे छ। बसभित्र काेही भेटिएकाे छैन। कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिमले बेपत्ताकाे खाेजी गरिरहेकाे छ।