Wednesday, October 21For your kind information
Shadow

आयोगका अनुसार नेपालका ३५ हजार व्यक्ती बेचिइसके, १५ लाख मानिस प्रत्यक्ष जोखिममा: पुरै विवरण हेर्नुहोस

नेपालको राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा परेको प्रतिवेदन सार्वजनिक गरेको छ।

मानव बेचबिखन एक अपराध मात्र नभई यो मानवअधिकार मर्यादा तथा मानसिको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लंघन हो, आयोग अध्यक्ष अनुपराज शर्माले भने, ‘मानव बेचबिखन विश्वव्यापी साझा समस्या हो। यसलाई हटाउन सबैको प्रयास हुनुपर्छ।’

वयस्क मनोरञ्जन क्षेत्रमा ७ हजार ८ सय, वैदेशिक रोजगारीमा १२ हजार, निकृष्ट बालश्रममा १२ हजार र हराएका फेला नपरेको ३ हजार २ सय गरी ३५ हजार व्यक्ति बेचबिखनमा परेका हुन्। जसमा महिला १५ हजार ५ हजार बालबालिका छन्। यो खबर आजको कान्तिपुरमा होम कार्कीले लेखेका छन्। नेपालमा १५ लाख व्यक्ति बेचबिखनमा जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ।