Friday, October 30For your kind information
Shadow

यस्तो छ टेलि सिरियल हङ्गामा: जित्यो सबैको मन (हेर्नुहोस भिडियो)

काठमाडौ । अतिथी मिडियाको प्रस्तुतिमा गत साता देखि नेपाल टेलिभिजन बाट प्रशासनमा आएको हास्य टेलि शृङ्खला हंगामाले दर्शकको मन जित्दै आएको छ ।

हरेक बुधबार बेलुकी ७:२५ बजे नेपाल टेलिभिजन बाट प्रशासन हुँदै आएको हंगामा टेलि शृङ्खलाले दोस्रो भागमा आइपुग्दा नै सोचे भन्दा बढी दर्शकको माया पाउन सफल भएको निर्माता जयराम कार्कीले बताए ।

छोटो समयमै दर्शको मन मुटुमा बस्न सफल यस टेलि शृङ्खलाको लेखन र निर्देशन अर्बिन्द्र भट्टराई दिलिप पन्तको रहेको छ । अनुभवी र चर्चित कलाकारहरूको अभिनयका र अब्बल लेखन र निर्देशनका कारण नै हंगामाले छोटो समयमा नै धेरै माया पाउन सफल भएको निर्देशक दिलिप पन्त बताउछन् ।

अनुभवी तथा बरिस्ठ कलाकारहरू लक्ष्मी गिरी, शिबहरी बैरागी, धनराम मुस्कान, मन्जु श्रेष्ठ शिव शंकर रिजालको साथमा अरबिन्द्र भट्टराई, दिलिप पन्त , यादब थापा, अमृता श्रेष्ठ, निर्मला उप्रेती गोबिन्द अर्याल र बिपिन अनुरागी र छुच्ची नानीको नामले परिचित रूपा सुनार लगायतका कलाकार हरूको बेजोड अभिनयले हंगामा निकै राम्रो बन्न सफल भएको छ ।

पहिलो र दोस्रो भाग पश्चात दर्शक बाट पाएको मायाको कदर गर्दै अझै हंगामालाई अझै धेरै राम्रो बनाउने प्रयासमा रहेको र त्यसको लागि सम्पुर्ण दर्शक हरूको निरन्तर मायाको खाचो रहेको निर्देशक दिलिप पन्तले जानकारी दिए ।
भिडियो हेर्नू होस ।