Sunday, October 25For your kind information
Shadow

नेपालकै होची २ फिटकी २५ वर्षिय गीताले यति मीठो गीत गाइन: नेपालिलाई गरिन यस्तो आग्रह (भिडियो)

काठमाडौंको स्वयम्भु नजिकैको व्यस्त सडकमा पैदल हिँड्नेदेखि सामान किनबेच गर्नेसम्मको घुईंचो छ । यही व्यस्त सडकको एक छेउमा स्याङ्जाकी गीता भुषाल पनि हुनुहुन्छ । शारिरीक रुपमा अशक्त उहाँले बिभिन्न प्रकारका खेलौना तथा उपहारका सामानहरु बेच्नको लागि राख्नुभएको छ ।

आफ्नै हातले बनाएका खेलौना, पर्स र क्यापहरु बेच्न राखिएका छन् । ऊनबाट बनाइएका यी सामानहरु हेर्दै किनौं किनौं जस्तो लाग्छ । गीता यसरी नै आफैंले बनाएका सामान बेचेर आयआर्जन गर्नुहुन्छ ।

उहाँलाई लाग्छ, मान्छेको दिमाग मात्र चले पनि मागेर खानु पर्दैन । उहाँ ह्विलचियरको सहायताले हिँडडुल गर्नुहुन्छ । ‘जन्मदै खुट्टामा समस्या थियो रे’, उहाँले भन्नुभयो, ‘दुबै खुट्टा धेरै छोटा भएकाले हिँड्न मिल्दैन, यही ह्विलचियरले सघाएको छ ।’ उहाँलाई ह्विलचिएर चलाउन पनि अरुकै सहायता चाहिन्छ ।

हेर्नुहोस पुरै भिडियो।