Wednesday, October 21For your kind information
Shadow

आज केही काम गर्नु अगाडि राशिफल हेर्नुहोस: सफल भइनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कृषि चौपायाबाट हानि पुग्न सक्छ । बन्द व्यापारमा घाटा देखिन्छ । रोगले पनि सताउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पढाइमा पाउने सफलता यथावत रहनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धनमनग्य कमाउने अवसर मिल्नेछ । सोच्ने शक्ति बढ्ने छ । ब्यापारमा उन्नती पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
यात्रा रमाइलो हुनेछ । यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खर्च बढ्ने, विवाद बढ्ने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मनमा हौसला बढ्नेछ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नँया काम पाउने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रयत्नले धन कमाउने अवसर मिल्ने छ । व्यापारमा गरेको लगानी सन्तोस प्रदक रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
वादविवाद, झै झगडामा पर्न सकिन्छ सावधान रहनु होला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।