Saturday, October 24For your kind information
Shadow

गोठमा काम गरिरहेका बेला पहिरो खस्दा, १७ बर्षीया सीताकाे निधन

पाेखरा श्रावण ७ – अविरल वर्षासँगै मंगलबार बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिकामा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्यामिरेकी १७ वर्षीया सीता गौतम रहेकी छन् । प्रहरीका अनुसार आज गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको हो ।

मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो । एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालिएको बताइएको छ ।

हिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएको बताइएको छ । उनको मृत्युपछि परिवार शोकमा रहेको छ । पछिल्लो समय देशभरबाट बाढी पहिरोमा परी ९० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै आज गुल्मिमा पनि पहिरोमा परी छ जनाको मृत्यु भएको छ