ड्याम खोल्दा नुहाउदै गरेकी युवतीको मृत्युु

saharasandes

धादिङ । आँखुखोला हाइड्रोपावरको ड्याम खाल्दा नुहाउँदै गरेकी युवतीको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगर पालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै दाङ घर भएकी १९ वर्षीया विपना भुसालको आँखुखोलाले बगाएर मृत्यु भएको हो । खोलाले बगाएर उनी बेपत्ता भएकी थिईन् ।
लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत विपना ‘प्राक्टिकल’ का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिईन। कलेजबाट उनी ‘प्राक्टिकल गर्न सल्यानटार प्राथामिक स्वास्थय केन्द्र मा ४५ दिनको लागि आएकी थिईन् । उनी ४५ दिन पुगेकै बेला खोलाले बगाएको हो ।
आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा रहेकी विपनालाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भने स्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको बताए ।

Next Post

काठमाडौंको लाजिम्पाटमा १० महिने शिशुको घाटी रेटि हत्या

काठमाडाैं- काठमाडौंको लाजिम्पाटमा एक शिशुको घाटी रेटी हत्या भएको छ । करिब १० महिनाका शिशुको घाटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शव फेला परेको हो । सांग्रिला होटल अगाडि सडक किनारमा प्लाष्टिकको झोलामा राखिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाका विषमया अनुसन्धान भइराखेको प्रहरीले बताएको छ ।

You May Like

Subscribe US Now