बिदेसि पिडा टिकट काटन सक्ने स्वेदश फर्किए नसक्नेहरु खाडीमै अलपत्र

saharasandes

काठमाडौंँ ।

खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु म,रुभूमिमै त,ड्पिइरहेका छन् । तीमध्येका हुन्, कुवेतको सवा असालिमस्थित ब्लक नम्बर ३ मा बसेका झापा सुरुङ्गाका उमेश सोती । उनी स्वदेश फर्कने दिन कुरिरहेका छन् ।

उनीसहित ६ नेपाली र एक भारतीय एउटै कोठामा बस्छन् । बाहिरी तापक्रम ४५ डिग्री नाघेको र कोठामा एसी बिग्रिएकाले बस्नै नसक्ने अवस्था रहेको उनले बताए । ‘ज्यान त अन्डा उसिनेजस्तै गुम्सिएको छ, अरूको कोठामा जाने अवस्था छैन, कोठाबाहिर तातो बाफ आउँछ, हपहपी हुन्छ,’ उनले टेलिफोनमा कान्तिपुुरसँग भने, ‘कुवेतमा यस्तो गर्मी छ,

हामीलाई सास फेर्नै गाह्रो भइसकेको छ ।’ एसी बनाइदिन दूतावासमार्फत भन्दासमेत कम्पनीले नमानेको उनले बताए ।यो खबर कान्तिपुर दैनिकमा छ । उनी काम गर्ने स्पा कम्पनीमा चैत १ देखि ड्युटी बन्द छ । तलब दिएको छैन । सरकारी राहतबाट उनले जसोतसो दैनिक छाक टारिरहेका छन् । यो कम्पनीले २६ ठाउँमा स्पा चलाउँथ्यो ।

६ सय जना कामदार थिए । कोरोना महामारीलाई रोक्न कुवेत सरकारले कफ्र्यु लगाएपछि काम बन्द छ । केही खुकुलो भए पनि अब कम्पनी कहिलेसम्म बन्द हुन्छ र कहिले खुलेर काम गर्न पाइन्छ भन्ने यकिन छैन । खुलेपछि काममा फर्किने गरी नेपाल जान कम्पनीले उनीहरुलाई हातहातमा राहदानी थमाइसकेको छ ।

Leave a Reply

Next Post

अस्ट्रेलियामा नेपाली युबतीले लुटेरालाई धपाएपछी मिडियामा चर्चा (हेर्नुहोस भिडियो)

सिड्नी । आज एक नया भिडियो सामाजिक संजाल मा निकै नै चर्चा मा आएको छ । आज नेपाल को गौरब बढेको छ । यो समाचार अस्ट्रेलिया बाट प्रकाशित भएको हो आज एक नेपाली चेली ले निकै नै राम्रो काम गरेको भिडियो बाहिर सामाजिक संजाल मा आएको छ । म अस्ट्रेलियाका […]

You May Like

Subscribe US Now