भारतिय मिडिया भन्छ: भारत र नेपालको दुश्मन बनाउन खोजिरहेका छन प्रधानमन्त्री ओली

saharasandes

एजेन्सी ।

भारत र नेपालबीच सीमा विवादलाई लिएर राम्रो सम्बन्ध रहेको छैन । कुटनीतिक वार्तामार्फत नेपालले बारम्बार दुई देशबीचको सम्बन्ध सुधारका लागि पहल गरे पनि भारतले भने वास्था देखाएको छैन । नेपालको भुभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो भनेपछि दुई देशको सम्बन्धमा दरार पैदा भइरहेको छ ।

यस विषयलाई लिएर भारतीय मिडियाले पनि एकोहोरो प्रोपागाण्डा मच्चाउने काम गरिरहेका छन् । भारतीय मिडिया आजतकले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्बन्ध बिगार्न खोजेको आरोप लगाएको छ । आजतक मिडियाले भनेको छ, ‘भारतविरोधी राष्ट्रवादको पुरानो फर्मुला नेपालका प्रधानमन्त्री ओलीले लगाइरहेका छन् ।

नेपालमा पछिल्लो समय पार्टीभित्रैबाट दबाबमा रहेका उनले आफ्नो कुर्ची जोगाउन राष्ट्रवादको फर्मुला प्रयोग गरिरहेका छन् । आइतबार भएको जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा आयोजितक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारत र पार्टीभित्रैबाट आफुलाई हटाउन योजनाहरु भइरहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले काठमाडौँका होटलहरुमा आफुविरुद्ध छलफल भइरहेको आरोप लगाएका थिए । उनले आफुलाई पदबाट हटाउन खेल सुरु भइसकेको समेत बताएका थिए । यसमा दुताबास पनि सक्रिय भएको उनले बताएका थिए । भारतीय मिडिया आजतक भन्छ, ‘पछिल्लो समय नेपालका प्रधानमन्त्री आफ्नो देशभित्र

भारतविरुद्ध आक्रामक बयान दिदै आइरहेका छन् । भारतले आपत्ति जनाउँदा जनाउँदै नक्सा जारी गरे, यहाँ सम्मकी नेपालमा कोरोना भाइरस फैलिएको दोष पनि भारतमाथि लगाउँदै आइरहेका छन् ।

आजतक मिडिया अगाडि भन्छ, ‘आफ्नै पार्टीभित्र संकटमा परेपछि उनले भारत कार्ड प्रयोग गरेका हुन् ।’ नेपाललाई भारतको दुश्मन बनाउन उनी लागिपरेको आरोप आजतक मिडियाले लगाएको छ । नेपाली पत्र बाट

Leave a Reply

Next Post

ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा मैले मागेको हो ईन्डियाले होईन: प्रचण्ड

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव सार्वजनिक रूपमै छताछुल्ल भएको छ । मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे । बैठकमा बोल्दै प्रचण्डले पछिल्लो समय ‘भारतले […]

Subscribe US Now