कोरोनाको औषधि भन्दै गलत प्रचार गरेका रामदेव र बाल कृष्णलाई कारवाही

saharasandes

काठमाडौं ।

कोरोना भाइरस संक्रमितका लागि प्रयोग गर्न सकिने दावी सहित पतंजलिले सार्वसनिक गरेको औषधिका कारण वावा रामदेव र आचार्य बालकृष्ण अप्ठेरोमा परेका छन् । कोरोनाको लागि भन्दै गत मंगलवार पतञ्जलीले औषधि सार्वजनिक गरेको थियो । सार्वजनिक भए लगत्तै आयुष मन्त्रालयले औषधि विक्रिवितरण र प्रचार प्रसारमा रोक लगाएको थियो ।

मन्त्रालयले प्रचार प्रसारमा लगाएको रोक पछि पतञ्जलीले औषधि कोरोनाका लागि उपचारमा सहयोगी हुने पुष्टि सहितको कागजपत्र मन्त्रालयमा बुझाएको दावी गरेका थिए । तर मन्त्रालयले उनीहरुको दावी अस्वीकार गरिदिएको छ । औषधि विक्रवितरण र उत्पादनको अधिकार दिने अधिकारीक निकायलेले नै पतञ्जलीको यो औषधि माथि प्रश्न उर्ठाको छ ।

कोरोनामा लाभकर हुने दावी सहित पतञ्जलीले कोरोनिल सार्वजनिक गरेको थियो । उत्तराखंडको आयुर्वेदिक विभागले दिव्य फार्मेसीलाई एक नोटिस पठाउँदै औषधिमा लगाइएको लेवलमा कोरोना भाइरसको उपचार भन्दै गलत प्रचार गरिएका कारण त्यो तत्काल हटाइयोस् । विभागले भनेको छ, सो औषधिमा प्रयोग गरिएको जडिवुटीले रोग प्रतिरोधात्मक क्षमता

बढाउने भएपनि कोरोनाकै उपचारमा उपयोगी हुने पुष्टि हुन सक्दैन । त्यसैले कोरोनाको उपचारका लागि भन्दै लगाइएको लेवल गलत भएका कारण त्यो नहटाइए कारवाही समेत गर्न सकिने छ । कोरानाको किटका नाममा औषधि बेच्न कसैलाई पनि लाइसेन्स नदिएका कारण पतञ्जलीले गलत प्रचार गर्न नपाउने विभागको भनाई छ ।

त्यसैले कसैले पनि कोरोनाको उपचारमा उपयोग हुने दावी सहित लेवल नै लगाएर औषधि विक्रिवितरण गर्न पाइने छैन । आयुर्वेदिक विभागका अनुसार कोरोनिललाई रुखाखाकी, स्वासप्रस्वास सम्बन्धि रोगका विरामीका लागि रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि उपयोग गर्न अनुमति दिइएको हो, तर कोरोनाका उपचारमा प्रयोग गर्न मञ्जुरी दिइएको छैन ।

पतञ्जलीले गत मंगलवार कोरोनाको भन्दै एक औषधि सार्वजनिक गरेको थियो । पतञ्जलीका बावा रामदेवले कोारोनिलले कोरोनाका विरामीको उपचारमा सय प्रतिशत काम गर्ने दावी गरेका थिए ।

Leave a Reply

Next Post

आफ्ना नागरीक फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास छैनः गगन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिक फिर्ता ल्याउन नसक्ने सरकारले माटो फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै थापाले मान्छे जोगाउन नसक्ने सरकारले भूमि पनि जोाउन नसक्ने दाबी गरे । ‘जसले सीमानामा अलपत्र परेको […]

Subscribe US Now