नक्सा जारी गरेकै कारण सरकार नफेरिने -प्रधानमन्त्री ओलि

saharasandes

काठमाडौं ।

नेपालको राजनीतिमा भारतीय हस्तक्षे’प रहने तथ्यलाई फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकारेका छन् । आफ्नो चाहनावि’परीत हुने नेपालको राजनीतिक गतिविधिमा भारतको हस्तक्षेप रहँदै आएको छ । भारतीय चाहनाविपरीत संविधान जारी गर्दा भारतले २०७२ मा नेपालमाथि नाकाब’न्दी लगाएको थियो । र अहिले नेपालको भूमिलाई आफ्नो नक्सामा

समेट्दै सो भूमिमा बाटो बनाएर उद्घाटन गरे पछि ओली सरकारलाई त्यसको क’डा प्र’तिवाद गरेको छ । ओली सरकारले पनि मुलुकको राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गर्दै जारी गर्ने र संविधान संशोधनसमेत गरेर संविधानको अंग बनाएको छ । यसबाट नेपालसँग भारत रु’ष्ट रहेको जगजाहेर नै छ । तर, यही कार्य गरे वापत ओलीलाई

सरकारलाई ढा’ल्न दिल्ली सरकार क्रियाशील रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । जननेता मदन भण्डारीको ६९ औँ जन्मदिनको अवसरमा आइतबार मदन भण्डारी फाउन्डेसनले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको वर्तमान सरकार ढा’ल्न सपना नदेख्न आग्रह गरेका छन् । ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले

देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ, नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्र’म अहिले पाल्नु पर्दैन । यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ । अहिले म हट्ने हो भने राष्ट्रियताका लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन ।

म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो’ प्रधानमन्त्री ओली भने । आफूलाई प्रधानमन्त्रीबाट कसैलाई ह’टाउन नसक्ने आफू वि’रुद्ध लागेका शक्तिहरुलाई सन्देश दिएका ओलीले भने, ‘हामीले कुनै भूलचुकमा नक्शा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ । विगत २०४ वर्षदेखि हाम्रो रहेको र ५८ वर्ष मिचिएको हाम्रो भूमि फिर्ता लिन गाह्रो छैन ।

अन्तिममा सत्यको विजय हुनेछ । प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर फर्केपछि आफ्नो बहुमत नभएकाले सरकार ढलेको भन्दै उनले अहिले त्यो अवस्था नरहेकाले आफ्ना सरकार बलियो रहेको सन्देश दिए । चीनसँग पारवहन सम्झौता गर्दाको जस्तो अहिले सरकारको अवस्था नरहेको तथा बहुमत

सहितको आफ्नो सरकारलाई कसैले ढा’ल्न नसक्ने भन्दै उनले भने, ‘नेपाल दुई ढुङ्गाबीचको निरीह तरुल होइन । हाम्रो गौरवपूर्ण इतिहास भएको, गतिशील वर्तमान र महान् सम्भावना बोकेको स्वतन्त्र सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । इतिहासमा यो कुनै राष्ट्रको अधीनस्थ थिएन ।

हामी दुवै छिमेकीबाट चलायमानरुपमा पारवहन सुविधा लिन सक्छौँ । हामीले चीनसँग त्यस प्रकारको सम्झौता गरेर नेपाललाई नयाँ उचाइमा लगेका छौँ ।

Leave a Reply

Next Post

कोरोनाको औषधि भन्दै गलत प्रचार गरेका रामदेव र बाल कृष्णलाई कारवाही

काठमाडौं । कोरोना भाइरस संक्रमितका लागि प्रयोग गर्न सकिने दावी सहित पतंजलिले सार्वसनिक गरेको औषधिका कारण वावा रामदेव र आचार्य बालकृष्ण अप्ठेरोमा परेका छन् । कोरोनाको लागि भन्दै गत मंगलवार पतञ्जलीले औषधि सार्वजनिक गरेको थियो । सार्वजनिक भए लगत्तै आयुष मन्त्रालयले औषधि विक्रिवितरण र प्रचार प्रसारमा रोक लगाएको थियो । […]

Subscribe US Now