भारतलाई पर्यो ठूलो तनाब भुटानले पनि पानी बन्द गर्यो

saharasandes

काठमाडौ ।

पछिल्लो समय छिमेकी मुलुकसँग भारतले तनाव बढाउँदै लगेको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा, चीनको लद्धाख र भुटानसँग पनि भारतको सीमा विवाद देखा परेको छ । भूटानबाट आसामका गाउँहरूमा सिँचाइको पानी स्थानीय भूटानी प्रशासनले रोकेका छन् । भुटानले सिँचाई रोकिदिएपछि किसानहरु चिन्तित बनेका छन् ।

उनीहरुले आन्दोलनसमेत गरेका थिए । प्रदर्शनका कारण रोंगिया–भुटान सडकमा घन्टौंसम्म जाम भयो । किसानहरू केन्द्र सरकारसँग यस समस्यालाई यथाशीघ्र समाधान गर्न माग गरिरहेका छन् । बक्शा जिल्लामा रहेका २५ वटा गाउँमा ६ हजारभन्दा बढी किसान खेतीका लागि भुटानबाट आउने पानीमा निर्भर छन् । सन् १९५३ देखि नै त्यहाँका किसान भुटानी पानीले खेतको सिँचाइ गरिरहन्छन् ।

भुटानले यसरी पानी रोक्नुको कुनै ठोस कारण दिएको छैन । केही महिनाअघि भुटानले भारतबाट आउने पर्यटकसँग हरेक दिन एक हजार रुपैयाँभन्दा बढी शुल्क लिने निर्णय लिएको थियो । भुटानले नागरिकहरूलाई राज्यमा प्रवेश गर्ने बित्तिक २१ दिनसम्मको क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगाएको छ । यसले भारतीय किसानहरुलाई थप अफ्ठ्यारोमा पारेको छ ।

स्थानीय भूटान सरकारले सुरुमा धाराबाट पानी वितरण जारी राख्न सहमत भएको थियो तर यो अचानक हुने वर्षाका कारण सिँचाइ प्रणालीलाई क्षति पुर्याउने भन्दै पानी रोकेको हो ।स्थानीयहरूले बोरा र ठूला ढुंगाको प्रयोग गरी अस्थायी रुपमा तटबन्ध निर्माण गरेर भारततर्फ जाने पानीलाई रोकिदिएका छन् । -एजेन्सी

Leave a Reply

Next Post

सञ्चारकर्मी कृष्ण पाण्डेको जीप दुर्घटनामा मृ'त्यु

बुटवल । कार दु,र्घटनामा परी न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको नि,धन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको सवारी दु,र्घटनामा पाण्डेकाे ज्या,न गएकाे हाे । बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार […]

Subscribe US Now