चीनले दियो भारतलाई यस्तो चेतावनी: सीमानामा जे भइरहेको छ हेरिरहेका छौ

saharasandes

अहिले भारतको नेपालसँग मात्रै नभई चीन, पाकिस्तानसहित अन्य देशहरुसँग पनि तनाब एकाएक बढेको छ । पाकिस्तानसँग भारतको सम्बन्ध सुरुवातदेखि नै काश्मीरललाई लिएर उच्च विवाद रहेको जानकारी नै छ । हालै नेपालको लिपुलेक मिचेर सडक बनाएको भारतले नेपालमा चर्को विरोधको सामना गर्नु परेको छ ।

सडकदेखि सदनसम्म भारतीय रवैयाको विरोध भइरहेको छ । यो बीचमा केही दिन पहिले सिक्किमको सीमा क्षेत्रमा चीन र भारतबीच तनाब भएको समाचार बाहिर आएको थियो । दुई देशका सैनिकहरूबीच घम्साघम्सी भएपछि चीनले सीमा क्षेत्रहरूमा शान्ति कायम गर्न भारतसँग अनुरोध गरेको छ ।

बेइजिङमा नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘चिनियाँ सेनाले दुवै देशको सीमानामा शान्ति कायम गरीरहेको छ । गत हप्ता चीन र भारतको सीमामा भएको घटना बारे हामी जानकार छौ । त्यहाँ चिनियाँ र भारतीय सैनिकहरूबीच भएको घटना हामीले नजिकबाट नियालेका छौ ।

जहाँ ११ जना घाइते भएका छन् चीनले भनेको छ । दुबै देशका सेनाहरुले स्थानीय तहमा बसेर संकट समाधान गरेका थिए । यस्तो हुन नदिन भारतिय पक्ष सैन्य तहसम्म सचेत हुन चीनले भनेको छ ।

Next Post

प्रधानमन्त्री ओलि भन्छन: बाटोमा बुरुक्क बुरुक्क उफ्रिएर सिमा समस्या समाधान हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा विरोध गरेर सिमा समस्या समाधान ननिस्कने बताएका छन् । उनले आज मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुलाई जथाभावी नबोल्न चेतावनी समेत दिएका छन् । मन्त्रिपरिषदको बैठकमा निकै कडा रुपमा प्रस्तुत भएका ओलीको भनाई उदृत गर्दै एकजना मन्त्रीले भने, ‘बाटोमा बुरुक्क बुरुक्क उफ्रिएर सिमा समस्याको समाधान निस्कदैन ।’ आवेश […]

Subscribe US Now